औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरत छ : मन्त्री भण्डारी
२०८१ पुष २४ गते बुधवार
- आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरणको संरक्षण हुनुका साथै श्रम तथा लागत पनि न्यूनीकरण हुने भएकाले निजी क्षेत्रले यसमा जोड दिन जरुरी छ ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएका छन् ।
मन्त्रालयद्वारा आयोजित उद्योग इन्डस्ट्रि विषयक सरोकारवालाहरू सँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले उद्योग ४.० लागू गरी कम लागतमा उत्पादन र उत्पादकत्व बढाउँदै नेपाली बस्तुहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक भएको बताएका हुन् ।
उनले भने,‘आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरणको संरक्षण हुनुका साथै श्रम तथा लागत पनि न्यूनीकरण हुने भएकाले निजी क्षेत्रले यसमा जोड दिन जरुरी छ ।’ उनले भने, ‘नेपाल कम विकसित मुलुकबाट विकसित तर्फ उन्मुख भइरहेको परिप्रेक्षकमा औद्योगिक क्षेत्रको तीव्र विकास जरुरी देखिन्छ । जसका लागि औद्योगिक विकासमा आधुनिक प्रविधिको उच्चतम प्रयोग आवश्यक छ ।’
आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी छिमेकी देशहरूको बजार उपयोग गर्न सकेको खण्डमा छिट्टै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।
मन्त्रालयले व्यवसायीहरु समेतको सहभागितामा एक दिने उद्योग ४.० विषयक अन्तरक्रियाको आयोजना गरेको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।